लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

राप्ती आयुर्वेद चिकित्सालय

तुलसीपुर दाङ

वि‍. सं. २०४१ सालमा स्थापना भएको लुम्विनी प्रदेशको दाङ जिल्लामा तुलसीपुर उपमहानगरपालिका वार्ड नं. ९ दोघरेमा मा अवस्थित साविकको राप्ती अंचल आयुर्वेद ‍औषधालय हाल राप्ती आयुर्वेद चिकित्सालय दाङ जिल्लाको आयुर्वेद उपचार गर्ने संस्था हो । साविक आयुर्वेद विभाग अन्तर्गत रहेको यो संस्था देश संघिय संरचनामा गए अनुसार लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको छ ।

आयुर्वेद तथा वैकल्पिक संवन्धि उपचारात्मक, निरोधात्मक र प्रवर्धनात्मक सेवा प्रदान गर्ने उद्देस्यका साथ स्थापित यस राप्ती आयुर्वेद चिकित्सालय अन्तर्गत ६ पालिकामा नागरिक आरोग्य सेवा केन्द्र माफर्त सेवा प्रदान गरिरहेकोमा आ. व. ०८२/०८३ वाट नागरिक आरोग्य सेवा केन्द्र सम्वन्धित पालिकामा हस्तान्तरण गरिएको छ ।